ताजा समाचार

३ हजार २२७ दरबन्दी स्वीकृत, एउटा प्रदेशलाई ४६१

काठमाडौं १४, जेष्ठ । सरकारले प्रदेश तहमा कर्मचारी दरबन्दीको टुंगो  लगाएको छ । मूख्यमन्त्री, मन्त्रिपरिषद् र प्रदेश मन्त्रालयहरूको परिमार्जित संगठन संरचनाको प्रस्ताव पारित गर्दै सरकारले प्रदेश तहका लागि तीन हजार २२७ दरबन्दी स्वीकृत गरेको हो ।

गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अब एउटा प्रदेशमा चार सय ६१ का दरले सातै प्रदेशमा कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

 

प्रदेश तहमा ११ वटा कार्यालय रहने निर्णय पनि गरेको छ । जसमा सात वटा मन्त्रालय, प्रदेश प्रमुख कार्यालय, प्रदेश सभा, प्रदेश मुख्य न्यायाधीवक्ता र कोष नियन्त्रक कार्यालय रहनेछन् ।

यसअघि गत माघमा सरकारले अन्तरिम व्यवस्थापन अन्तर्गत प्रदेशको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको थियो । त्यसलाई परिमार्जन गर्दै सरकारले नयाँ निर्णय गरेको हो ।

सरकारले गरेको निर्णय अनुसार अब मूख्यमन्त्री र मन्त्रिपरिषद कार्यालयमा विशिष्ट श्रेणीका कर्मचारी (सचिव) रहनेछन् भने अन्य मन्त्रालयमा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org