रिहा भएपछि के भने ढुङ्गेलले ? उनकै शब्दमा…
काठमाडाै १५, जेष्ठ । कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका बालकृष्ण ढुङ्गेल आज रिहा भएका छन् ।
सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारगारबाट छुटेका हुन् ।
ढुङ्गेललाई स्वागत गर्न नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी नेताहरु, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए ।
उनीहरुले माला लगाएर ढुंगेललाई स्वागत गरेका थिए । त्यसक्रममा ढुंगेलले संक्षिप्त प्रतिकृया दिँदै आफू गणतन्त्रका लागि आफ्नो ज्यान रहेसम्म लागिरहने प्रतिबद्धता जनाए ।
के बोले बालकृष्ण ढुङगेलले रिहा पश्चात उनकै शब्दमा
सबैभन्दा पहिला त मेरो गिरफ्तारी र त्यसपछि जेल जीवन विताइराख्दा मप्रति र मैले गणतन्त्रप्रति गरेको योगदानप्रति सद्भाव दर्साएर निरन्तर उत्प्रेरणा दिने साथीहरूप्रति म अभिभादन गर्छु । म रिहाइ हुुनुहुँदैन भनेर जसरी रिट प¥यो, त्यो युद्धमा शान्ति र शान्तिमा युद्ध चाहने, गणतन्त्र नचाहाने र डलरको खेती गर्नेहरूप्रति घृणा गर्दछु ।
एउटा मान्छेले समाज परिवर्तनका निम्ति गरेको त्याग र योगदानको अवमूल्यन गर्दै देशमा गणतन्त्र माग गर्दाखेरी सङ्कटकाल लगाइयो, मलाई हिरासतमा ल्याइयो, त्यहाँ दिएको यातनाले किड्नी ड्यामेज गराइयो ।
त्यतिबेला गणतन्त्र किन मागिस् भनेर किड्नी ड्यामेज गर्ने शेरबहादुर देउवाहरू फेरि गणतन्त्र आएपछि गणतन्त्रका मालिक बने र गिरफ्तार गरेर मलाई जेलमा सडाउने कोसिस गरियो ।
र, अहिले जुन परिदृश्यमा घटनाक्रमहरू विकास भइरहेका छन्, त्यसले गणतन्त्र जसले लडेर ल्यायो त्यसकोे गणतन्त्र अपहरण गर्ने दुस्साहस गरिएको छ । म र मेरो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न दिने छैन । म आफ्नो कर्तव्यमा लागिरहने छु । म अहिले त्यति धेरै खुशी र धेरै निराश पनि छैन । यो एउटा सङ्घर्षको जीवन हो । यस क्रममा फेरि मेरो कारागार बाहिरको जीवन सुरु भएको छ ।
आगमी दिनमा म यो देशको समृद्धिका लागि पार्टीले दिएको जिम्मेवारीलाई मेरो क्षतमाले भ्याएसम्म पूरा गर्नेतर्फ लाग्नेछु । यो द्वन्द्व व्यवस्थापन र राज्यको समृद्धिका लागि, समाज, न्याय, समानता र स्वतन्त्रताका लागि लाग्नेछु । आज फेरि पनि डलरवादीहरूले मलाई मैदानमा आउन नदिनका लागि दुस्साहस गरे, त्यसका विरुद्ध सरकारले पनि आँट गरेको छ । त्यसका लागि सरकारलाई पनि धन्यवाद दिन चाहन्छु ।
यो देश केही डिजाइनमा, एक थाल भातमा बिक्री हुने पत्रकार, एक थाल भातका निम्ती कालो कोट लगाएर अदालत धाउने कथित वकिलहरूलाई राज्यले बुझ्नुपर्छ । बालकृष्ण ढुङगेललाई सजाय भुक्तान गरिसकेपछि पनि छोड्नु हुँदैन भनेर रिट हाल्दा म सर्वोच्च अदालतालाई सम्मान गर्छु तर त्यो रिट खारेज हुनुपथ्र्यो । यति लामो बहस गरिराख्नुपर्ने विषय थिएन भन्ने मेरो बुझाइ छ । यो फेरि मेरो अदालतप्रतिको अपमान होइन । मेरो अनुरोध थियो, यो सुरुमै खारेज हुनुपथ्र्यो ।
यत्रो नौटङ्की गर्नुपर्ने र दिनेश त्रिपाठीजस्ता मान्छेलाई यत्रो फोरम दिनुपर्ने अवस्था होइन । यो देश सङ्कटकालमा लपेटिँदै गर्दा दिनेश त्रिपाठीहरू कसका जुत्ता चाट्दै थिए भन्ने प्रश्न छ । अभिभादन ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...