ताजा समाचार

जुम्लामा २२ घण्टासम्म लोडसेडिङ

जुम्ला १५, जेष्ठ । देश लोडसेडिङ मुक्त भइरहेको भनिरहदा कर्णालीको एक जिल्ला जुम्लामा भने अझै २२ घण्टासम्म लोडसेडिङ हुदै आएको छ ।

चन्दनाथ नगरपालिकाको ढाणथपला, भण्डारी गाँउ र सिमखाडामा धान रोप्नको लागि सिँचाई गर्नुपर्ने भएपनि जेठ ७ गते देखि नै दैनिक २२ घण्टासम्म लोडसेडिङको मार  खेप्न त्यहाँका जनता बाध्य छन् ।

चन्दननाथ नगरपालिका क्षेत्रका ढाणथपला, भण्डारी गाउँ र सिमखाडामा धान रोप्नको लागि सिँचाई दिनुपर्ने भएपनि जेठ ७ गतेदेखि दैनिक २२ घण्टा लोडसेडिङको मार खेप्नु परेको हो।

‘स्थानीयले जेठ ७ देखि २५ गते सम्म सिँचाईको लागि पानी मागेका छन्’, साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु बहादुर बुढ्थापाले भने, ‘जेठ २५ गतेपछि निरन्तर विद्युत सप्लाई गर्नेछौं।’ उनका अनुसार दैनिक दुई घण्टा र प्रत्येक एक दिनको फरक विद्युत उपलब्ध गराउन सकिने छ।

‘पानीको मुहान कम हुँदै गएको छ, रोपाइले पोखरीमा पानी संकलन हुन पाउँदैन’, उनले भने, ‘नहरमा बग्ने पानीले एउटा मेसिन चलाउन सक्ने अवस्था छैन, त्यहि भएर लोडसेडिङ दिनानुदिन बढेको हो। एक एक सय वाटको मेसिनले २ हजार ८ सय ग्राहकलाई एकैचोटी विद्युत सेवा प्रदान गर्न सकिंदैन्। पोखरीको पानी विना मेसिन चल्दैन्।’

पोखरी र नहरको पानीले मात्रै मेसिन चलाउन सक्छ। पोखरीमा पानी संकलन गर्दा रोपाई नहुने र रोपाई नहुनाले स्थानीय किसानको दैनिकी चल्न नसक्ने भएकोले बाध्य भएर विजुली बन्द गराएका हौं, अध्यक्ष बुढ्थापाले दुखेसो पोखे। जेठ २५ गतेसम्म विद्युतलाई पानी निरन्तर छोड्न आग्रह गरेका छन’, खेतमा रोपाई सकिने विद्युतकै पहिलेकै अवस्थामा विद्युत सेवालाई फर्काउने छौं।’

अहिले ६ वटा सिप्टमा वत्ति दिने गरिएको छ। नयाँ जेनेरेटर आइपुगेको भएपनि सञ्चालन गर्न नसकिएको विद्युतका कर्मचारी मदन महतले जानकारी दिए।  उनका अनुसार प्रत्येक महिनाको जेठ महिनामा जुम्लामा अत्याधिक लोडसेडिङ हुने गर्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org