ताजा समाचार

बजेट चर्चा: ७ वटा सुरुङमार्ग बनाउने सरकारको घोषणा, कहाँ-कहाँ बन्ने भए ?

काठमाडौं १५, जेष्ठ । सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा-नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा-छहेर-गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ ।

बिपी रामजमार्गको खुर्कोट-चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर-खुटिया-दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।

गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु:

कम्युनिष्ट सरकारको बजेटको मन्त्रीपरिषदबाट पारित तर आकार लुकाइयो

कुन क्षेत्रमा कति बजेट ? लाइभ हेर्नुहोस्

प्रमाणपत्रका आधारमा युवालाई ७ लाख रुपैयाँसम्म ऋण दिइने

समाजवाद उन्मुख बजेटमा के के छन् त खास कुरा ?

बीस लाख पर्यटक भित्र्याइने, प्रत्येक प्रदेशमा हेलिप्याडऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट, हुलाक बचत बैंक खारेज

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org