ताजा समाचार

बजेटका कुरा: चढ्ने होइन बाइक ? अव बाइक किन्नै मुस्किल, कुनको मूल्य कति हेर्नुहोस्

काठमाडौं १६, जेष्ठ । नेपालमा अहिले बाइक चढ्ने मानिसको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यसमा झन युवाहरुमा महंगा र धेरै सीसी (इन्जिन क्षमता) का बाइकको क्रेज ह्वात्तै हढेको छ । तर, अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ ।

सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर गर्छ ।

नयाँ बजेटले ४०१ सीसीभन्दा ठूला क्षमताका बाइकमा झण्डै दुई लाख सडक दस्तुर बढाएको छ ।

माइक्रोबस, बस, ट्रक, टि्रपर, ट्रक, मिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपरको सडक दस्तुर यथावत मूल्यको सात प्रतिशत कायमै राखिएको छ ।

अब २००० सीसीसम्मका कार र जीपमा मूल्यको ८ प्रतिशत सडक दस्तुर लाग्नेछ । यस्तै २ हजार सीसीभन्दा बढीका जीप र कारमा सडक दस्तुर १० प्रतिशत पुर्‍याइएको छ ।

यस्तै मोटरसाइकलको पनि सडक दस्तुर पनि बढेको छ । तर, १५० सीसीसम्मको बाइकमा ५ हजार रुपैयाँ दस्तुर बढेर १५ हजार पुगेको छ ।

त्यसैगरी १५१ देखि २५० सीसीसम्मको बाइकको सडक दस्तुर १८ हजार रुपैयाँ पुगेको छ । यसअघि यो सेगमेन्टका बाइकमा १२ हजार मात्रै कर थियो ।

अब २५१देखि ४ सय सीसीसम्मका बाइकमा ५० हजार सडक दस्तुर लिइनेछ । यो सेगमेन्टमा ३५ हजार सडक दस्तुर बढेको छ । त्यसैगरी ४०१ सीसीभन्दा माथिका बाइकमा सडक दस्तुर मात्रै १ लाख ८० हजारसम्म दस्तुर बढेको छ ।

यसले अब ठूला क्षमताका बाइकको विक्रीमा प्रभाव पार्न सक्छ । सरकारले वाषिर्क रुपमा तिर्नुपर्ने सवारी कर भने वृद्धि गरेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org