ताजा समाचार

क्यासिनोमा कडाई, खेलाडीले पाँच हजार डलरभन्दा बढी नगद लिन नपाइने

काठमाडौँ १६, जेष्ठ । नेपाल राष्ट्र बैंकले क्यासिनोले गर्ने लेनदेनमा कडाइ गरेको छ । केन्द्रीय बैंकले क्यासिनोले पनि बैंकिङ प्रणालीबाटै कारोबार गर्नुपर्ने गरी एकीकृत परिपत्र २०७४ लाई संशोधन गरेको छ ।

क्यासिनोले खेलको लागि खेलाडीबाट ५ हजार डलर नगदै लिन सक्नेछन् भने सो भन्दा बढी लिनुपरेमा बैंकिङ प्रणालीबाट मात्र लिन पाइने नेपाल राष्ट्र बैंक अन्र्तगत विदेशी विनिमय विभागले जनाएको छ । यस्तै, क्यासिनोले बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरेर प्वाइन्ट अफ सेल (पस) मार्फत पनि खेलाडीसँग विदेशीमुद्रा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

क्यासिनोले कारोबारबाट पाएको नगद विदेशी मुद्राहरु भोलिपल्टै बैंकमा जम्मा गर्नुपर्नेछ । एकिकृत परिपत्रको दफा २ पश्चात यो व्यवस्था थप गरिएको हो । भारतबाट क्यासिनो खेल्न आउने खेलाडीबाट जम्मा भएको रकम राख्न भारतीय मुद्राको छुट्टै खाता खोल्नुपर्नेछ ।

बैंकिङ च्यानलबाट मात्र प्राप्त भएको रकम सो खातामा राख्नुपर्नेछ । यदि खेलाडीले बाजी जितेमा बैंकिङ च्यानलबाटै भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

क्यासिनोको भारतीय मुद्रा खातामा भारु १० करोड र परिवत्र्य विदेशी मुद्रा खातामा २० लाख अमेरिकी डलरसम्म राख्न पाउनेछन् । सो भन्दा बढी रकम जम्मा भएको अवस्थामा भने नेपाली खातामा सो रकम रकमान्तर गर्नुपर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org