दाङमा झाडापखाला नियन्त्रण हुँदै
तुलसीपुर, दाङ, १६ जेष्ठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ ।
आज चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
आज उपचारका लागि आएका समेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक हजार ६३१ पुगेका छन् । आज आएका अधिकांश बिरामी सामान्य अवस्थाका रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
आज पनि स्थानीय माइली पानी मुहान पूर्ण रुपमा बन्द गराइएको छ । प्रभावित सबै क्षेत्रमा तुलसीपुरबाट ट्यांकरमा पानी लगेर वितरण गरिएको छ । आज तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका पाँच र आजका एक गरी छ बिरामीको उपचार भइरहेको छ । सिटी अस्पताल तुलसीपुरमा पनि पाँच बिरामी उपचाररत छन् ।
झाडापखाला फैलनाको मुख्य कारण मुहानको पानी दूषित भएको भन्ने पुष्टि भएको छ । सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएपछि यस्तो पुष्टि भएको हो ।
अझै पनि चिराघाट क्षेत्रमा एम्बुलेन्स तथा नेपाली सेना र औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा नै राखिएको छ । आज काठमाडाँैबाट पानी शुद्धीकरण गर्ने एक टोली पनि आएको गाउँपालिकाका अध्यक्ष कमासिंह डाँगीले जानकारी दिनुभयो । अब प्रभावित क्षेत्रमा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम गरिने डाँगीले जानकारी दिए । प्रभावित क्षेत्रको जनजीवन सामान्य बनेको छ ।
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...