ताजा समाचार

तपाईंको रोजाई रक्सी या बियर ? नयाँ बजेटले बियरको मूल्यमा गर्यो भारी बृद्धि

काठमाडाैं १६, जेष्ठ । बियरमाथि लाग्दै आएको अन्तशुल्क कर ३० प्रतिशतले बृद्धि गर्ने घोषणा  भएसंगै बियर पारखीहरुले प्रतिलिटर बियरको मूल्यमा झण्डै २२ रुपैयाँ बढी तिर्नुपर्ने छ ।

नेपालमा उत्पादन हुने बियरमा अहिले एक लिटरमा ११५ रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा ३० प्रतिशत बृद्धिपछि १५० रुपैयाँ पुगेको छ । यसले सरकारको राजश्वमा भारी बृद्धि भए पनि बियर उपभोक्ता र उद्योगहरुलाई भने मार पर्नेछ ।

अघिल्ला वर्षहरुमा सरकारले सामान्यतयाः वार्षिक ८ देखि १० प्रतिशतसम्म अन्तशुल्क बृद्धि गर्दथ्यो । तर, यसपटक बियरमा एकैपटक ३० प्रतिशत बृद्धि गरिएको छ ।

यो बृद्धि यस्तो बेलामा भएको छ, जतिबेला नेपालमा एकैपटक दुईवटा ठूला बियर उद्योगहरु सुरु भइ आक्रामक बजार बिस्तार थालेका थिए । अन्तःशुल्कमा बृद्धिले यी नयाँ उद्योगहरुको बजारमा बिस्तारमा असर गर्ने छ ।

रक्सी र चुरोटमा २० प्रतिशत

सरकारले रक्सी र चुरोटको अन्तशुल्कमा भने जम्मा २० प्रतिशत बृद्धि गरेको छ । ५ प्रतिशत हाराहारी अल्कोहल हुने बियरमा धेरै अन्तशुल्क र झण्डै ४० प्रतिशतको हाराहारीमा अल्कोहल हुने रक्सीमा २० प्रतिशतको अन्तशुल्क बृद्धि आफैमा तर्कसंगत देखिदैन् ।

नयाँ नीतिले तुलनात्मकरुपमा रक्सी पारखीहरुलाई राहत भएको छ भने बियर पिउनेहरुको खल्तीमा अतिरिक्त दबाब परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org