ताजा समाचार

रेल बजेट ४ अर्ब ५० करोड, के होला रेल मार्ग ?

काठमाडौं १६, जेष्ठ । सरकारले विभिन्न रेलमार्गहरु निर्माणका लागि ४ अर्ब ५० करोड बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वपश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकता दिने बताएका छन् ।

यो वर्ष रेलमार्गका लागि ३ अर्ब वैदेशिक ऋण परिचालन गरिनेछ भने सरकारले १ अर्ब ४८ करोड बजेट आफ्नै स्रोतबाट खर्च गर्नेछ । यो रकम गत वर्ष भन्दा मात्र ४८ करोड बढी हो । गत वर्ष रेलका लागि ४ अर्ब २ करोड छुट्याएको थियो ।

रेल विभागका अधिकारी यो बजेटले पनि रेलमार्गलाई अपेक्षाअनुरुप सम्बोधन नगरेको गुनासो गर्छ ।

‘हाम्रो अपेक्षा योभन्दा धेरै थियो । प्रधानमन्त्रीले प्रत्येक भाषणमा रेलको कुरा गर्न छुटाउनु हुन्नथ्यो । त्यसैले रेलका लागि राम्रो बजेटका अपेक्षा थियो’ विभागका एक अधिकारीले भने, ‘तर, योपटक पनि विगतकै जस्तो बजेट आएको छ ।’

रेल निर्माणमा तिब्रता दिइने भन्दै सरकारले उक्त कदम चालिएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org