ताजा समाचार

बजेटबारे पूर्वअर्थमन्त्री रामशरण महतको टिप्पणी यस्तो छ…

काठमाडौं १६, जेष्ठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले मुलुकलाई समृद्ध बनाउने लक्ष्य अनुसारको बजेट नल्याएको दावी गरेका छन् ।

नेता महतले बजेटमा लगानी भित्र्याउन, कर्मचारीको क्षमता विकास गर्न आवश्यक कार्यक्रम नै नसमेटिएको पनि स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पाँच वर्षमा मुलुकको आय दोब्बर वृद्धि गर्ने सरकारको लक्ष्य निजी क्षेत्रलाई कर भार थपेर मात्रै नहुने भन्दै सरकारको बजेटको आलोचना गरे ।

नेता महतले बाह्य लगानी भित्र्याउने कार्यक्रम पनि बजेटमा नआएको उल्लेख गरे । उनले  संघीयताको मर्म अनुसार पनि बजेट विनियोजना नगरिएको दावी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org