ताजा समाचार

पूर्वराजाहरुले लगाउने श्रीपेच कहाँ छ ? सरकारले तीन महिनाभित्र श्रीपेच सार्वजनिक गर्ने

काठमाडौँ १६, जेष्ठ। राजतन्त्रात्मक शासनकालमा राजाले पहिरदै आएको श्रीपेच (राजमुकुट) सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजना अघि सारेका हुन्।

यस अघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आएको थियो। बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुगेका मन्त्री अधिकारीले संचारकर्मीमाझ संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। नारायणहिटीको ऐतिहासिकता मर्न नदिन पनि गूरु योजना बनाउने सोच आफूले अघि सारेको मन्त्री अधिकारीले स्पष्ट पारे।

मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिए। मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो।

राजतन्त्र र त्यसको ऐतिहासिकता मर्न नदिन सरकारले यसलाई संग्राहलयमा परिणत गरेको हो। श्रीपेच भने सरकार आफैले संरक्षण गरेर राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org