डोल्पामा स्याउ उत्पादन घट्ने
"स्याउको बीमा गरेका छौँ, राहत मिल्ने आशा छ"
त्रिपुराकोट, डोल्पा, १६ जेष्ठ । हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ ।
दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् ।
आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् । यहाँको जुफाल, डाँगीवाडा, सुँ, जिँउ, रङ्ग, गल्ली, लिकु, रह, नाउलालगायतका स्थानमा स्याउको व्यावसायिक खेती गरिएको छ ।
यस वर्ष चैत अन्तिममा परेको असिनापानीले जिल्लाका अधिकांश स्थानमा लगाइएको स्याउको फूल नष्ट पारेको कृषकले बताए । “स्याउका बोट फुलेर सेताम्य भएको बेला हावाहुरी र असिनापानीले झा¥यो, झारेर बाँकी रहेका फल लागिसकेको स्याउ पनि जेठको असिनापानीले नष्ट पा¥यो”, ठूलीभेरी नगरपालिका–७ जुफालका जितबहादुर शाहीले भने ।
“मेरो २०० रुख स्याउको छ, हावाहुरी र असिनापानीले अधिकांश रुखको फूल र फल नष्ट पा¥यो, अघिल्लो वर्षभन्दा यसवर्ष ७० प्रतिशत स्याउ उत्पादन घट्ने देखिएको छ”, उहाँले भन्नुभयो । गत वर्ष शाहीले रु एक लाखको स्याउ बिक्री गर्नुभएको थियो । यस वर्ष रु ३० हजारको बिक्री गर्न पनि मुस्किल हुने उनको भनाइ छ ।
डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छ । त्रिपुरा सुन्दरी नगरपालिका– ३ जिँउ गाउँका कृषक रञ्जित बोहोराको ३०० रुखमा असिनापानी र हावाहुरीले क्षति पु¥याएको छ । उहाँले गत वर्ष १० क्विन्टल स्याउ उत्पादन गेका थिए ।
“पाँच क्विन्टल मुस्किलले बिक्री गरेँ, बिक्रीका लागि बजार नहुँदा आधा निःशुल्क बाँडे, आधा घरमै कुहियो”, उनले भने । यस वर्ष रु बीस हजारबराबरको स्याउ पनि उत्पादन नहुने देखिएको उनको भनाइ छ । हावाहुरी र असिनापानीले सबै नष्ट पारेपछि बोहोराले क्षतिपूर्तिका लागि नगरपालिका र जिल्ला कृषि कार्यालयमा निवेदन दिएका छन् ।
“स्याउको बीमा गरेका छौँ, राहत मिल्ने आशा छ”, उनले भने ।
डोल्पामा शिखर इन्स्योरेन्सले फलफूल बीमा कार्यक्रम लागू गरेको छ । गत वर्षमात्रै असिनापानी र हावाहुरीका कारण स्याउखेती नष्ट हुँदा पीडित बनेका कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएको थियो । अहिले जिँउ गाउँमा मात्रै ६० जनाभन्दा धेरैले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दैआएका छन् । बजार अभावमा वर्षेनी लाखौँ मूल्यबराबरको स्याउ घरमै कुहिने गर्छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...