ताजा समाचार

अन्डरलाइन हटाउदै (ने क पा) थप्ने तयारिमा सत्तारुढ दल

काठमाडौं १७, जेष्ठ । एमाले-माआेवादी एकता पश्चात बनेको नयाँ पार्टीको नाम परिवर्तन हुने भएको छ । निर्वाचन आयोगले पार्टीको नाममा पुनर्विचार गर्न भनेपछि नाममा अन्डरलाइन हटाएर पछाडि (ने क पा) थप्न लागिएको हो ।

दल दर्ता प्रक्रियामा रहेका नेकपाका एक नेताले भने, ‘हामी आजै यो नाम आयोगमा बुझाउँदैछौं ।’

पार्टीका ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकताको प्रतिलिति भने बुझाइसकिएको छ ।

एमाले र माओवादीले एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको थियो । तर, ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ । त्यसैले दुई दलले पार्टी एकता घोषणा गर्नुअघि आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न आवेदन दिएका थिए ।

३३ प्रतिशत महिलाले दर्ता रोकिँदैन

नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुग्दैन । नेकपाकै महिला नेतृहरुले दल दर्ताका क्रममा आवाज उठाएका थिए ।

तर, आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला, समावेशी सबै पूरा गर्ने प्रतिवद्धता जनाएकाले यसले दल दर्ता नरोकिने भएको छ । एक नेता भन्छन्, ‘राजनीतिक दलसम्वन्धी ऐनको दफा १० अनुसार दुई पार्टी मिलेको हो । ३३ प्रतिशत महिला सहभागिता नभएका कारण रोकिँदैन । आयोगले केही भनेको छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org