ताजा समाचार

पाँच सय र हजारको नोट बन्द गरेर एक सयका मात्र प्रयोगमा ल्याउनु पर्छ: पूर्वअर्थमन्त्री पाण्डे

चितवन १७, जेष्ठ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच सय र हजारका नोट बन्द गरिनुपर्ने बताएका छन् ।

चितवनको साैराहामा बिहिबार नेपाल फोटो पत्रकार महासंघद्वारा आयोजित  पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘ नेपालमा भ्रष्टाचार पाँच सय र एक हजारको नोटमा टेकेर गरिएको छ । नोटकै कारण भ्रष्टाचार बढेको छ ।’ त्यसैले नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनु पर्छ ।

आफू अर्थमन्त्री भएको भए तुरुन्तै पाँच सय र एक हजारका नोट बन्द गरी एक सयका मात्रै नोट सञ्चालनमा ल्याउने योजना सुनाउँदै नेता पाण्डेले भने, ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’

उनले अब डिजिटल करेन्सीमा जानुपर्ने धारणा राखे । सूचना प्रविधिको युगमा त्यसैअनुसार काम गर्नुपर्ने बताउँदै नेता पाण्डेले परम्परालाई अंगाल्दा नयाँ प्रविधिमा रुचि नदेखिएको बताए ।

फोटो पत्रकारहरुले फोटो बेचेर पैसा कमाउन सक्ने तागत राख्नुपर्ने नेता पाण्डेको सुझाव छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org