उपत्यकामा साइबर अपराधका घटना बढ्दो
काठमाडौ १७, जेष्ठ । काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् ।
प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।
साइबर अपराधमध्ये चालू आवको १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।
“विभिन्न सामाजिक सञ्जालमा ३७, अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेर चिट्टा प¥यो भनेर ठगी गर्ने तीन र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाएका छौँ,”– उनले भने ।
साइबर अपराधमा लाग्नेमध्ये सबैभन्दा धेरै व्यक्ति १२ वर्षदेखि ४५ वर्षसम्मका रहेको महाशाखाले जनाएको छ । आवमध्ये चार वर्षको तथ्यांकलाई हेर्दा आव २०७१÷०७२ मा ३०५, आव २०७२÷७३ मा ८३० र आव २०७३÷०७४ मा एक हजार १९७ मुद्दा महाशाखामा दर्ता भएका थिए ।
पछिल्लो समयमा उपत्यकालगायत देशभर साइबर अपराध बढ्दै गएपछि यही जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदका दुवै बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा साइबर अपराध नियन्त्रण ब्यूरो स्थापनाका लागि बजेट विनियोजन गरेका छन् ।
Comments
अरु समाचार
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...