ताजा समाचार

मालपोतका कर्मचारी घुससहित पक्राउ

चितवन १७, जेष्ठ । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिएको बताइएको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि निगरानी गरिरहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org