विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालकले जेनेभा बाट गरे आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।
उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल रोजगारदाता परिषद्को अध्यक्षसमेत रहनुभएका ढकालले नेपालले श्रमसम्बन्धी कानूनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारको सुनिश्चितता प्राप्त भएको बताउँदै औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गर्नुभयो ।
श्रमिकको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानूनमा गरिएको पछिल्लो सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीले गरेको उहाँले बताउनुभयो ।
उपाध्यक्ष ढकालले नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थिरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार एंव उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको छ भन्नुभयो ।
यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीे प्रवद्र्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसर सिर्जना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि उहाँले बताउनुभयो ।
उपाध्यक्ष ढकालले आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भएकाले आर्थिक विकासको प्रतिफल देशको तल्लो तह वा निम्न वर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशीलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पु¥याउने विचार व्यक्त गर्नुभयो ।
कुनै पनि देशमा श्रमिक र उनीहरुका संघ संगठनको क्षमता अभिवृद्धि एक महत्वपूर्ण कार्य हो, उहाँले भन्नुभयो, “औद्योगिक विकास, उत्पादकत्व वृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सिर्जनामा यसले सहयोग पु¥याउँछ, त्यसैले यस्तो क्षमता अभिवृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको छ ।”
यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा नेपालले गरेकोे धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा प्रतिनिधि र श्रमिक एंव त्यसका नेताहरु गरी चार हजारभन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष ढकालले जानकारी दिनुभयो ।
यही मे २८ देखि जुन ८ गतेसम्म उक्त सत्र सञ्चालन हुनेछ । रासस
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...