ताजा समाचार

चौथो पटक मन्त्रिपरिषद विस्तार: उपेन्द्रलाई स्वास्थ्य तथा जनसंख्या र इस्तियाक राइलाई शहरी विकास मन्त्रालय

काठमाडौं १८, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । आेलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

फोरमबाट अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियाक राइ शहरी विकास मन्त्रालय दिइएको राष्ट्रपतिको कार्यालयले एक बिज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।

फोरम नेपाल सात वर्षपछि सरकारमा सहभागि भएको हो ।

एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन ।

सात वर्षमा सातजना प्रधानमन्त्री परिवर्तन भए तर तीमध्ये कुनै पनि सरकारमा फोरम नेपाल सहभागी भएको थिएन ।

 शहरी विकास मोहम्मद इस्तियाक राइ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org