ताजा समाचार

ओली सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरी ३ रूपैयाँले बढ्यो

पेट्रोलमा १।५९ रूपैयाँ तथा डिजेलरमट्टितेलमा ३।४९ रूपैयाँ घाटा

सरकारले फेरि सबै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट कायम हुने
गरी भाषउ बढाएको हो।

सरकारले पेट्रोल, डिजेल तथा मट्टितेलमा सबैमा प्रतिलिटर ३(३ रूपैयाँको दरले मूल्य बढाएको हो। सरकारले हवाइ इन्धनमा समेत मूल्य बढाएको छ। हवाइ इन्धनमा स्वदेशी विमानहरूले भर्ने इन्धनमा पाँच रूपयाँले बढोत्तरी गरेको छ भने अन्तराष्ट्रिय विमानहरूले भर्ने इन्धनमा प्रति हजार लिटर ७५ अमेरीकी डलरले मूल्य बढाएको छ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिमा स्वचालित मूल्य प्रणाली अन्तरगत मूल्य बढाएको जनाएको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि हुँदै आएकाले निगम पनि तेलको भाउ बढाउन बाध्य भएको हो।

नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलका लागि उपभोक्ताले ११३ रूपयाँ तिर्नुपर्नेछ भने डिजल र मट्टितेलका ९५ रूपयाँ तिर्नुपर्नेछ।

नयाँ मूल्य सूचि अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा १।५९ रूपैयाँ तथा डिजेलरमट्टितेलमा ३।४९ रूपैयाँ घाटा छ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा भने कुनै वृद्धि भएको छैन्। निगमलाई ग्यासमा प्रति सिलिन्डर १३९।३९ घाटा छ। निगमले ग्यासमामा भएको घाटालाई मूल्य स्थिरिकरण कोषबाट बेहोर्ने प्रस्ताव गरेको छ।

निगमका अनुसार १५ दिनमा उसलाई १८।६२ करोड रूपैयाँ घाटा हुनेछ।

मूल्य बढेपनि भारतीय उपभोक्ताको दाँजोमा नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशस् २२।७२ तथा २४।९५ रूपैयाँ सस्तो परिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org