ताजा समाचार

सातै प्रदेशका कानुन मन्त्री हेटाैडामा

काठमाडौं २०, जेष्ठ । प्रादेशिक संरचनाका प्रदेशबाट हुने सवै खाले काममा एकरुपता ल्याउन भन्दै सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु हेडौंडामा भेला भएका छन् ।

प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयको आयोजनामा हेटौंडामा छलफलका लागि मन्त्रीहरु भेला भएका हुन् ।

भेलाले सहकार्यको वातावरण निर्माण गर्नुका साथै प्रदेशका काममा एकरुपता ल्याउन सहयोग गर्ने जनाइएको छ ।

छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान , प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह पनि अन्तरक्रियामा सहभागी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org