ताजा समाचार

इन्जिनियरसहित तीन पक्राउ

विराटनगर, १९ जेष्ठ ।  विराटनगरको छ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा आज तीन जना प्राविधिक पक्राउमा परका छन् ।

विराटनगरको महेन्द्रचोकदेखि सडकको किनारमा निर्माण गरिएको नालामा कमसल सामान प्रयोग गरेको आरोपमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनका इन्जिनियर रविराज पन्त, ओभरसियर विनय साह र सुपरभाइजर देवराज बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगर प्रमुख भीम पराजुलीले नालाको अनुगमण गर्दा कमसल सामान प्रयोग गरेको पाइएपछि नगर प्रमुखकै आग्रहमा उनीलाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org