ताजा समाचार

पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई डिल्लिबजार सदरखोरबाट रेशम चाैधरीको पत्र

काठमाडौं २०, जेष्ठ । टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीले कारागारबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एक पत्र पठाएका छन् ।  डिल्लीबजारस्थित सदरखोरमा रहेका चौधरीले लेखक दिलनिशानी मगरमार्फत भट्टराईलाई पत्र पठाएका हुन् ।

जेठ १७ गते लेखिएको पत्रमा एउटै वर्ग र समूदाय आन्दोलनमा सहभागि भएकै आधारमा षड्यन्त्रपूर्वक ढंगले घटनालाई गैरराजनीतिक बनाइएको उनले गुनासो गरेका छन् ।

तीन वर्षदेखि अदालतले कुनै फैसला नगरी पुर्पक्षका लागि २६ जनालाई थुनिराखेको उल्लेख गर्दै भनेका छन्, ‘टीकपुर  घटना राजनैतिक हुन सकेन, बनाइएन । हुन नसक्नु र बनाइनुको पछाडि एउटै कारण हो–एउटै वर्ग र समूदाय मात्रै आन्दोलनमा सहभागि हुनु !’

उनले भनेका छन् केहि छलफल गर्ने बिचार गरेको छूँ र पत्र पठाएको छु,आशा छ सयम मिलाएर आउनुहुनेछ ।

रेशम चाैधरीको पत्र:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org