ताजा समाचार

लगानीकर्तासँग वार्ता सफल भएपछि शेयर कारोबार सुचारु

पहिलो कारोबार फर्स्ट माइक्रोफाइनान्सको

 

काठमाडौं। लगानीकर्ता र सरकारबीच लाभकर बिषयमा वार्ता निष्कर्षमा पुगेपछि शेयर कारोबार सुचारु भएको छ। सरकारले असार मसान्तसम्म पुरानै ब्यवस्था अनुसार लाभकर उठाउने र त्ययसपछि अध्ययन प्रतिवेदन अनुसार लागु गर्ने निर्णय गरेपछि शेयर कारोबार सवा एक बजेपछि सुचारु भएको हो।

आन्तरिक राजश्व विभागले गत आइतबार हकप्रद र बोनस शेयरको आधार मूल्यमै लाभकर लगाउने ब्यवस्था गरेको थियो। त्यसपछि लगानीकर्ता आन्दोलित भएका थिए। शेयर कारोबार ठप्पै पारेर उनीहरु आन्दोलनमा उत्रिएका थिए।

त्यसपछि बल्ल सरकारले लाभकरका बिषयमा निर्णय गरेको हो। पहिलो कारोबार फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org