ताजा समाचार

विप्लव राज्यद्रोही,सीके राउत धर्म विरोधी : गृहमन्त्री

विभिन्न ठाउँमा बम पड्काउनेदेखि लिएर एनसेलका टावरहरुमा बम हान्ने विप्लव हुन्

 

काठमाडौं,२३ जेठ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव माओवादीलाई राज्यद्रोहीको शक्तिको संज्ञा दिएका छन् ।

साथै उनले सीके राउतले अतिवादी र हिन्दु धर्म पक्षधरलाई उचालेर अस्थिरता फैलाउने प्रयास गरेको पनि बताएका छन् ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । जसले आफूलाई नेकपा विप्लव भन्छ ।’

चुनावका समयमा विभिन्न ठाउँमा बम पड्काउनेदेखि लिएर एनसेलका टावरहरुमा हान्ने उनीहरु नै भएको बादलले बताए । गृहमन्त्री बादलले सीके राउत, गोइत, ज्वाला सिंहको नाम लिँदै भने, ‘उनीहरु अलगै मधेस बनाउन चाहन्छन् । अलग देश बनाउन चाहन्छन् । मधेसको राजधानी पनि तोके ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा ‘फ्रि मधेस’को ब्यानर देखाउन पनि उनीहरु नै भएको गृहमन्त्रीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org