ताजा समाचार

निर्वाचन आयोगमा दर्ता भयो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता भएको छ। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरण गरि दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। गत जेठ ३ गते दुवै दलले आयोग पु्गेर नेपाल कम्युनिष्ट पार्टीको नाममा अण्डरलाइन गरेर निवेदन दिएका थिए। तर पछि आयोगले नाम परिवर्तनका लागि सुझाव दिएको थियो।

आयोगको सुझावपछि नेपाल कम्युनिष्ट पार्टी कोष्ठमा (नेकपा) राखेर निवेदन दिएका थिए। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै नेकपा दर्ता गर्ने निर्णय भएको जनाएको हो। राजनीतिक दल सम्बन्धि ऐनमा दलको हरेक तहमा एक तिहाई महिला सहभागिताको विषय उल्लेख छ। तर एक तिहाई महिलाको व्यवस्था नगरि नेकपा दर्ता भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org