ताजा समाचार

गृहमन्त्री थापाले गरे सय दिनको उपलब्धि सार्वनिक

 

काठमाडौं, २४ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा गरेका उपलब्धि सार्वनिक गरेका छन् ।

गृहमन्त्री  थापाले सय दिनको सबैभन्दा ठूलो उपलब्धि यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य, सुन तस्कारीको जालो भत्काउन सफल हुनु मन्त्रालयको अर्को उपलब्धि रहेको दाबी गरेका छन् ।

साथै मन्त्री थापाले उपत्यका तथा देशभरका ट्राफिक व्यवस्थापनका लागि अनुगमन गर्न निर्देशन समिति र कार्यान्वयन समिति गठन गरी ट्राफिक व्यवस्थापनको काम सुरु भएकोलाई पनि सफलता मानेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org