ताजा समाचार

एमाले-माआेवादी नाम राख्न नपाइने, चुनाव चिन्ह गोलाकारभित्रको हसिया हताैडा प्रयोगमा समेत बन्देज

काठमाडाैं २४, जेष्ठ । निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र एकीकरण भई नयाँ बनेको दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई आयोगको दर्ता किताबको क्रम संख्या १४५ मा दर्ता गरेको छ।

आयोगले एमाले र माओवादी केन्द्रले प्रयोग गरेको नाम, झण्डा र चिह्न राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

यो निर्णय अनुसार नयाँ दलले माग गरेको सूर्य चुनाव चिह्न बाहेक माओवादी केन्द्रले प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न अब कसैले प्रयोग गर्न पाउने छैनन्। त्यसैगरी एमाले र माओवादी केन्द्र नाम पनि अरुले प्रयोग गर्न पाउने छैनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org