ताजा समाचार

प्रदेश २ को सरकारमै सहभागीता जनाउने राजपाको निर्णय

काठमाडाैं २४, जेष्ठ । प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता नलिने राष्ट्रिय जनता पार्टी नेपालले जनाएको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

मधेशी जनताको जनमत, आन्दोलनको भावना लगायतका कुराहरुलाई ध्यान राख्दै लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी भएर निरन्तरता दिने निर्णय राजपा नेपालले गरेको हो ।

बुधबार बिज्ञप्ति निकाल्दै राजपा नेपालले कुनै किसिमका टिकाटिप्पनी नगर्न समेत नेता कार्यकर्यालाई निर्देशन गरेको छ ।

बुधबार पार्टी महासचिव मनिष सुमनले प्रदेश २ मा राजपा सरकारबाट बाहिरिने आशयको अभिव्यक्ति दिएपछि राजपाले खण्डन गरेको हो । मधेसी जनादेशसमेतलाई ध्यान दिएर फोरम नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राजपाले प्रदेश २ को सरकारबारे भइरहेका अड्कलवाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org