ताजा समाचार

९ आयोजनाका ६ निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा, तर गर्लान गृहमन्त्री ?

प्रचण्डका घरवेटी शारदा अधिकारीको नाम पनि पुग्यो गृह मन्त्रालय

भक्तपुर, २४ जेष्ठ । जिल्लामा सञ्चालित विभिन्न विकासनिर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।

विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा सम्पन्न नभएको देखिएको छ । सूर्यविनायक –७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधूरो देखिएको छ । उहाँको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्श÷लालीगुराँस निर्माण सेवा जेभीले ठेक्का लिएको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क भत्केपाटी सडक योजना र पेप्सीकोला– सल्लाघारी– भक्तपुर– नगरकोट– ब्यासी– सल्लाघारी –दरबार स्क्वायर सडक योजना समयमा सम्पन्न नभएको हो ।

त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट रमाइलो चेक चाइल्ड नेचर स्कूलसम्मको सडक निर्माण र हनुमन्ते खोला–अरनिको राजमार्ग– वप्पा पाटी– विहार– वहाखाबजार सडक निर्माणको ठेक्का पाएकामा दुई योजना अधूरा छन् ।

त्यसैगरी दुवाकोट स्वास्थ्यचौकी भवन निर्माणअन्तर्गत शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सन प्रालि धापाखेलका सञ्जीव शाह, मनोहरा पुल– इन्द्रायणी– साँखु सडक योजनाका लामा बिल्डर्स÷साल्पा शेर्पा÷जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ, ठिमी चारदोबाटो बालकोट चोकअन्तर्गत वल्र्डवाइड÷विष्णु जेभी काठमाडौँका विष्णु लामा, कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनका शारदा अधिकारीलाई पनि जिप्रकाले समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखी मन्त्रालयमा पठाएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए ।

शारदा अधिकारी  नेकपाका अध्यक्ष प्रचण्ड निकट निर्माण ब्यवसायी हुन्। उनै अधिकारीले उपलब्ध गराएको खुमलटार स्थित घरमा प्रचण्ड बस्दै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org