ताजा समाचार

हेलिकप्टर लिएर व्यापारी यार्सा लिन : एकै दिन डेढ करोडको कारोबार

 

काठमाडौं,२५ जेठ । जिल्लाको बुकीमा यार्सा सकलनसँगै विक्री पनि शुरु हुन थालेकाे छ।

यार्चा किन्नका लागि याे  सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी बुकीमा गएका छन् ।

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा किनेर काठमाडौं फर्किए ।बुकीमा प्रतिगोडा ६५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए ।

५ सयदेखि ५५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोवार भइरहेको रहेछ, उनले भने, हामीले प्रतिगोटा ६५० रुपैयाँ तिरेर एकमुष्ट ठुलो मात्रामा यार्चा खरिद गरेका थिए ।धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म सकलन गर्दारहेन्, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org