ताजा समाचार

आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ

 

लण्डन, २४ जेठ। बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ ।

आठ जना पुरुष र एक महिलालाई ग्रेनफेल टावरमा भएको आगलागीको घटनामा दोषी हुन सक्ने भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

कैयौँ घाइते भएको र ७१ जनाको मृत्यु भएको घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेकोमा अहिले ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
श्रीङ्खलावद्ध तरिकाले प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै छानविन गर्दै आइरहेको छ । यसअघि पाँच जनालाई दोषी ठहर गरी कारबाही पनि भइसकेको छ ।

बिहीबार पक्राउ परेका व्यक्तिहरूको बारेमा आउँदो जुलाई १३ तारिखका दिन अदालतले फैसला गर्ने बताइएको छ ।  रासस÷एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org