ताजा समाचार

राजपाका केन्द्रीय सचिव तेन्जी लामाको मृत्यु

इटहरी,२५ जेठ ।   राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामा (छत्रपति लामा)को बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका लामाकाे उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इटहरी २० तरहरा घर भएका लामा  पछिल्लो समय बिभिन्न घटनामा मुछिएका बिवादित नेता पनि हुन् । तरहरामा गुण्डाको उपनाम पाइसकेका उनी केही समय अघि तरुण दलका युवा नेता शिजन गुरुङसंग मिलेर तरहरा भवानीपुरकी तिर्थकुमारी गिरीको जग्गा हडपेको आरोप पनि लागेको थियो । सोही बिवादकै कारण अहिले नेता गुरुङ प्रहरी हिरासतमा छन ।

लामाको शव बिपि प्रतिस्ठानमा राखिएको छ । उनको दाहसंस्कारका लागि पार्टीका बिभिन्न जिल्ला स्तरीय नेताहरुको उपस्थिती भइसकेको छ ।लामाको अन्तिम संस्कार उनको बुवा र परिवार काठमाण्डौं र अन्यत्र ठाँऊहरुबाट आएपछि गरिने बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org