ताजा समाचार

दाङमा बस दुर्घटना, एकको मृत्यु, ११ गम्भीर घाइते

चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान

 

दाङ, २५ जेठ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङलमही सडकखण्डमा दुर्घटना भएकाे छ।

ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना हुँदा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको  छ भने  ११ जना गम्भीर घाइते भएका छन्।

बस चालक निदाउँदा  दुर्घटना भएको प्रहरीको अनुमान छ । बस सडकबाट तल खोलामा खसेको छ । बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org