ताजा समाचार

पार्टी प्यालेस देखि केबुलकारमा समेत १०% सेवा शुल्क, उपभोक्ताको ढाड सेक्दै सरकार

काठमाडौं २५, जेष्ठ । अब मुलुकमा कर प्रणालीलाई मजबुत बनाउने नाममा विभिन्न नाममा पैसा असुल गर्ने संकोत देखिएको छ ।

बजेट पश्चात बजारमा प्राय उपभोग्य सामानमा मूल्यबृद्वि राम्रै भएको भेट्न सकिन्छ तर, जनस्तरमा ्भने त्यस्तो किसिमको कुनै पनि आर्थिक लाभका नयाँ योजना नहुदा चाैतर्फि निराशा छाएको छ ।

देशमा संस्थागत रुपमा संचालित होटल,रेष्टुरेन्ट,पार्टी प्यालेशदेखि नाइट क्लबसम्म १० प्रतिशत सेवा शुल्क लाग्ने भएको छ।अहिलेसम्म ग्राहकबाट उठाइने सेवा शुल्क बाध्यकारी रुपमा कार्यान्वयनमा आएको थिएन।

ठूला होटल र रेष्टुरेन्टमा मात्रै सेवा शुल्क उठाउने गरिएको थियो।अब राज्यको कानुन अनुसार दर्ता भएर संचालनमा रहेका सबै होटल,मोटल,सफारी रेष्टुरेन्ट,फाष्टफूड,ब्याकेट,पार्टी प्यालेश,होमस्टे,मोनाष्ट्री स्टे,बन्जी जम्प,केवुलकार,फ्लाइट क्याटरिङ,डिस्को,नाइट क्लब,डान्स क्लब,दोहोरी लगायतका सबै व्यवसायमा १० प्रतिशत सेवा शुल्क लाग्ने भएको छ। केबुलकार,बन्जी जम्प लगायतका पर्यटनसँग सम्वन्धित सेवामा यसअघि यस्तो शुल्क थिएन। यो निर्णयपछि उपभोक्तालार्इ ती सेवा उपभोग गर्दा महँगो पर्नेछ।

यो मात्रै होइन अहिले घर लैजाने प्याकिङ सर्भिस र सेल्फ सर्भिसमा पनि यो शुल्क लाग्नेछ। होटल संघ नेपाल,रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल र चार वटा ट्रेड युनियनबीच शुक्रबार भएको सहमति अनुसार कानुनी रुपमा दर्ता भएका सबै होटल,रेष्टुरेन्ट लगायतका पर्यटनसँग सम्वन्धित क्षेत्रमा सेवा शुल्क लगाउने निर्णय गरेका हुन्। युद्धकालबाट शान्ति प्रक्रियामा आएको तत्कालिन माओवादी र अन्य मजदुर संगठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org