अग्रवालको घरमा छापा तस्करी गिरोहमा केही अवकाशप्राप्त उच्चप्रहरीको समेत ‘लिंक’ भेटिएयो
सुन तस्करीका मुख्य लगानीकर्ता ठानिएका मोहन अग्रवाल (एमके) को घरमा छापा हानी प्रहरीले तस्करीका थप महत्वपूर्ण विवरणहरु बरामद गरेको छ। जसबाट तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको विशेष छानबिन समितिले जनाएको छ।
‘उनको घरबाट दर्जनौं बैंकका चेकबुकहरु बरामद भएका छन्,’ छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले न्युज नेपाल सँग भने, ‘कम्प्युटर र कागजपत्रहरु समेत बरामद भएको छ, जसबाट तस्करीका अन्य नाइकेहरुको संलग्नता खुल्ने अपेक्षा गरेका छौं।’
सहसचिव पौडेलका अनुसार ३० लाख रुपैयाँभन्दा धेरै नगद, केही थान सुनका बिस्कुट, सुनका गहना, एउटा गाडी अग्रवालको घरबाट बरामद भएको छ। अग्रवाल तस्करीका मुख्य लगानीकर्ता हुन्। भारतीय गिरोहसँग मिलेर उनले सुन तस्करीमा करोडौं लगानी गरेका थिए।
३८ सय केजी सुन तस्करीको अनुसन्धान सुरु भएलगत्तै अग्रवाल भारत भागेका थिए। उनको घरमा २ महिनादेखि ताला लागेको थियो। घरमा २ महिनायता प्रहरीले निगरानी गरे पनि उनी नआएपछि छापा हानिएको स्रोत बताउँछ।
अनुसन्धानको क्रममा विमानस्थलबाट तस्करी हुने सुनमा सबैभन्दा धेरै लगानी अग्रवालको हुने गरेको थियो। उनको गिरोहमा कोको थिए भन्ने कुरा उनको बैंकिङ कारोबार र कम्प्युटरमा रहेका विवरणबाट प्राप्त हुने छानबिन समितिको अपेक्षा छ। त्यसबाट ‘ठूला माछा’ भनिएका अन्य व्यक्तिहरु पक्राउ पर्ने सम्भावना रहेको स्रोत बताउँछ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमै केही नयाँ व्यक्तिहरुको संलग्नता खुलिसकेको छ।
अग्रवाल चाँदी तस्करीमा समेत संलग्न
अग्रवालको घरबाट ठूलो मात्रामा चाँदीसमेत बरामद भएको सहसचिव पौडेलले बताए। ुचाँदीका ढिक्का, सिक्का, बिस्कुट बरामद भएको छ। एउटै ढिक्का डेढ केजीसम्मको बरामद भएकाले उनी चाँदीको तस्करीमा समेत संलग्न रहेको खुलेको छ,ु उनले भने।
उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएकाले नगद तथा गाडीहरु बरामद गरिएको समितिले जनाएको छ।
समितिले सो प्रकरणमा अन्तिम चरणको अनुसन्धान गरिरहेको छ। अग्रवालबाट बरामद कागजपत्रबाट गिरोहका माथिल्लो तहका व्यक्तिहरु संलग्न हुन सक्ने समितिका अधिकारीहरु बताउँछन्।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूहरु तस्करीमा संलग्न ‘ठूला माछा’को नजिक पुगेको बताएका थिए। स्रोतका अनुसार तस्करी गिरोहमा केही अवकाशप्राप्त प्रहरीको समेत ‘लिंक’ भेटिएको छ।
Comments
अरु समाचार
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...












