ताजा समाचार

प्रहरी र सशस्त्रमा एआईजीको संख्या घटाइने

 

 

काठमाडौं,२६ जेठ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ठूलो मात्रामा अतिरिक्त प्रहरी महानिरीक्षक (एआएजी) को संख्या घटाइने भएको छ ।

गृह मन्त्रालयले  एआईजीको संख्या घटाएर नेपाल प्रहरीमा १६ बाट ५ र सशस्त्रमा ९ बाट २ जना कायम गर्ने भएकाे हाे ।

गृह मन्त्रालयले दुवै संगठनको नियमावली संशोधन गरी नेपाल प्रहरीमा प्राविधिकसहित पाँच र सशस्त्र प्रहरीमा दुई एआईजी राख्ने प्रस्ताव मन्त्रिपरिषद् पठाउने गृहकार्य गरेको स्रोतले बताएकाे छ।

यसअघि आवश्यकताभन्दा पनि राजनीतिक र व्यक्तिगत स्वार्थमा परी सरकारले हचुवाका भरमा एआईजीको संख्या बढाउँदै लगेको थियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org