ताजा समाचार

राष्ट्रियसभाको नियमावली आज पारित हुने

 

 

काठमाडाैं,२७ जेठ । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने या  नगर्ने भन्ने विवादका कारण रोकिएको राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुने भएकाे छ ।

यसअघि यस्तै विषयमा विवाद भएर रोकिएको प्रतिनिधिसभाको नियमावली फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने व्यवस्थासहित शुक्रबार पारित भएको थियो । प्रतिनिधिसभाको जस्तै फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने व्यवस्था राखेर राष्ट्रियसभाको नियमावली पारित गर्ने तयारी गरिएको छ ।

संसद् सचिवालयका अनुसार, ४ विषयगत समिति रहने गरी तयार पारिएको नियमावली आज बस्ने राष्ट्रियसभा बैठकबाट पारित गर्ने कार्यसूची छ । बैठक अहिले बिहान ११ बजे बस्दैछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org