ताजा समाचार

प्रचण्डले आफ्ना घरबेटीलाई कारबाही नगर्न बादललाई भनेका हुन त ? संसदमा उठ्यो प्रश्न

काठमाडौँ २७, जेष्ठ । गृह मन्त्रालयको पछिल्लो एक्सनका रुपमा ल्याइएको काम समयमा काम नसक्ने ठेकेददारहरुलाई कारबाही अभियानको पक्षमा संसदमा प्रशन् उठेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिएको भन्ने कुराको बारेमा संसदमा कुरा उठेको हो ।

नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न गरे, शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष प्रचण्डकै घरबेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्रीज्युले कारबाही गर्ने कुरा उठाउँदा नेकपा अध्यक्ष प्रचण्डज्युले गृहमन्त्रीज्युलाई बोलाएर कारबाही नगर्नू भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ।’

भक्तपुर जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।

गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्। शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा नाम पठाएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org