ताजा समाचार

टिचिङ अस्पतालमा भेटियो पेस्तोलसहित तीन राउण्ड गोली

काठमाडौं २७, जेष्ठ । त्रिवि शिक्षण अस्पताल महारागञ्जको ‘लकर’बाट पेस्तोलसहित ३ गोली बरामद भएको छ ।

लामो समयदेखि बन्द रहेको लकर सार्वजनिक सूचना जारी गर्दा पनि कोही सम्पर्कमा नआएपछि तोडिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले ‘रेडियोलोजी’ शाखाको लकरबाट पेस्तोल र गोली बरामद भएको बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको एसएसपी पोखरेलको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org