ताजा समाचार

लागुऔषधसहित चार पक्राउ

काठमाडौँ, २७ जेष्ठ । महानगरीय प्रहरी परिसर काठमाडौँले लागु औषधसहित चारजनालाई पक्राउ गरेको छ ।

परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले लागुऔषध कारोबार भएको गोप्य सूचनाका आधारमा काठमाडौँका सुनिल श्रेष्ठ, रविन्सन महर्जन, रवीन शाही र काभ्रेपलाञ्चोकका राजकुमार तामाङलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुसँग डाइजेल्याब १२७ थान, नुर्फिन १०२ थान, फेनार्गन २९८ थान, डेल कम्पनीको ल्यापटप एक थान, लागु औषध खरिद बिक्रिमा प्रयोग हुने मोबाइल १६ थान र नगद रु सात हजार ५०५ बरामद गरेको छ ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org