ताजा समाचार

शेयर कर्जामा खुकुलो नीति लिन फाइनान्स कम्पनी संघको माग रहेको छ अध्यक्ष तुलाधार

काठमाडौं। फाइनान्स कम्पनीहरुले आगामी शेयर धितो कर्जामा खुकुलो नीति लिन राष्ट्र बैंकलाई सुझाव दिएका छन्। बजेट आएपछि शेयर बजार निरन्तर घटेको तर्फ संकेत गर्दै संघका अध्यक्ष सरोजकाजी तुलाधरले मौद्रिक नीतिबाट शेयर धितो कर्जामा सहुलिय दिनु पर्ने माग राखेका हुन्।

आगामी आर्थिक बर्षको मौद्रिक नीति तर्जुमा गरिरहेको राष्ट्र बैंकलाई सुझाव दिन नेपाल ब्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै तुलाधरले शेयर बजार सुधार गर्न दुई वटा सुझाव राष्ट्र बैंकलाई दिएका हुन्। कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपाल उपस्थित थिए।

तुलाधरले १८० दिनको औषत मूल्यको ५० प्रतिशत ऋण दिन पाउने ब्यवस्थालाई ७०र८० प्रतिशत पुर्याउन माग गरेका छन्। साथै चुक्ता पूँजीको ४० प्रतिशत मात्र लगानी गर्न पाइने सीमालाई बढाएर ६० प्रतिशत पुर्याउन समेत उनले माग गरेका छन्।

उनले घरजग्गा कर्जालाई पनि हसज बनाउन गभर्नरसँग आग्रह गरे। ुसम्पतिको मूल्यांकनमा काठमाडौमा ४० र बाहिर ५० प्रतिशतसम्म घर निर्माणका लागि ऋण पाइन्छु उनले भने, ुयसले काठमाडौं बाहिर अझ जग्गाको भाउ बढ्यो। त्यसैले धितोको ६० प्रतिशतसम्म ऋण पाउने ब्यवस्था गर्नु पर्छ।ु

उनले फाइनान्स कम्पनीहरुको चुक्ता पूँजी चार गुणाले बढेसँगै क्षमता पनि बढेकाले बैंकहरु सरह अन्य लगानीका क्षेत्र पनि खुला गर्न माग गरेका छन्। तुलाधरले फाइनान्स कम्पनीलाई पनि ओभरड्राफ्ट कर्जा खुला गर्नु पर्ने भन्दै आवश्यकता पर्दा डिभेञ्जर जारि गर्न दिनु पर्ने माग राखेका छन्। साथै राष्ट्र बैंकमा भएको गुनासो सुनुवाइ समितिमा बैंकर्स संघजस्तै फाइनान्स कम्पनी संघलाई पनि प्रतिनिधित्व उपलब्ध गराउन गभर्नरसँग माग राखे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org