ताजा समाचार

किन जादैछन प्रचण्ड चीन र भारत ? कारण यस्तो छ…

भरतपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने तयारी गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाले मंगलबार गरेको कार्यक्रममा उनले त्यसको पुष्टी गर्दै आफू विकासको एजेण्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको जानकारी दिए ।

आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको मात्रै एजेण्डा भारत भ्रमण गर्न निम्ता दिएको बताउँदै आफू त्यसको तयारीमा रहेको प्रचण्डले बताए । मोदी काठमाडौं आएका बेला आफूलाई भारत भ्रमणमा बोलाएको भन्दै उनले अघि भने ‘मलाई भारतीय प्रधानमन्त्रीले एकचोटी विकासको एजेण्डामा मात्र कुरा गर्न समय मिलाएर आउनुस् भन्नुभएको छ, र म जाने तयारीमा छु ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू चीन जाने पनि बताए । प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने पनि बताए । ‘हाम्रो प्रधानमन्त्री चीन चीन भ्रमण जाँदै हुनुहुन्छ । उहाँको चीन भ्रमण सकिएपछि पार्टी अध्यक्षको हैसियतमा तपाई पनि तयारी गर्नुस् भनेर चिनियाँ कम्युनिष्ट पार्टीको निम्ता आइ नै सकेको छ’ प्रचण्डले भने ।

उनले नेपालमा भारत र चीनले एक/एक वटा ऐतिहासिक योजना निर्माण गरोस् भन्ने एजेण्डा लिएर ती देशको भ्रमणमा जाने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org