देश विकासका लागि पारदर्शी र सुशासन हुनुपर्छ : उपनेता गच्छदार
इनरुवा, ३० जेठ। नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताएका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्नहुँदै नेता गच्छदारले विकासका लागि सुशासन र पारदर्शिता आवश्यक पर्दछ भने ।
नेता गच्छदारले काँग्रेसको नेतृत्वको सरकारले गरेको निर्णय र कार्यको वर्तमान सरकार विरोध गर्नुले सुशासन र पारदर्शिताको अभाव प्रदर्शन भएको बताए ।
सिर्जनशील युवा समूहले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले विभिन्न ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभाका सांसद सीताराम मेहता, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, नेपाली काँग्रेसका जिल्ला सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...