मुसहरजातिको सामूहिक चर्पी
गाईघाट, उदयपुर, ३० जेष्ठ । चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ ।
घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँडिया, जोगीदहलगायत विभिन्न क्षेत्रमा मुसहर जातिले घरमा संयुक्त चर्पी प्रयोग नगरेको हँडियाका स्थानीयवासी कृष्ण चौधरी बताउछन् ।
दुई वर्षयतादेखि विभिन्न सामाजिक अभियानकर्मीको प्रयास र मुसहर जातिका घरघरमा सामूहिक चर्पी प्रयोग गर्ने अभियान र जनचेतना फैलाउने काम व्यापक रुपमा हुन थालेपछि अहिले ससुरा, बुहारी, छोराछोरी सबैले सामूहिक चर्पी प्रयोग गर्न थालेको हँडिया माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ छ ।
अहिले सबैको प्रयासले सामूहिक चर्पी प्रयोग हुन थालेको र यसमा विगतको भन्दा दोब्बरले सुधार आएको सुन्दरपुरका समाजसेवी देवनारायण चौधरी बताउछन् । केही समय यतादेखि मुसहर र चौधरी समाजमा सामूहिक चर्पी प्रयोगमा व्यापक सुधार आएको खुला दिसामुक्त क्षेत्रका मुख्य अभियानकर्मी तथा पत्रकार कौशल चेम्जोङको धारणा यस्तो छ ।
अहिले मुसहर जातिका ९०% परिवारका घरमा एउटै चर्पी र सामूहिक प्रयोग हुने गरेको अभियन्ता तथा वरिष्ठ पत्रकार चेम्जोङले बताए ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...