ताजा समाचार

‘सिधा प्रश्न’ बन्द प्रकरणमा एनटिभीका महाप्रबन्धकको भनाई यस्तो छ…

काठमाडौं ३०, जेष्ठ । नेपाल टेलिभिजनबाट प्रत्येक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ मन्त्रीको आदेशमा बन्द भएको भन्ने खवरप्रति नेपाल टेलिभिजनले खण्डन गरेको छ ।

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको कुनै संलग्नता नरहेको बताएका छन् ।

‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ महाप्रवन्धक रोकाको भनाई छ ।

यसअघि उक्त कार्यक्रम मन्त्री बास्कोटाको निर्देशनमा बन्द गरिएको कार्यक्रम सञ्चालक राजु थापाले बताएका थिए । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

सम्बन्धित समाचार:

कस्ता प्रश्न थिए आखिर सञ्चारमन्त्रीको पारो तताउने, किन कार्यक्रम नै बन्द गराइयो (भिडियोसहित)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org