ताजा समाचार

सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै सदनमा सत्तापक्ष र विपक्षीकाे चर्काचर्की

काठमाडौं ३०, जेष्ठ । सभामुख र उपसभामुखमध्ये एकको राजीनामाको विषयलाई लिएर संसदमा सत्तारुढ र विपक्षीको जुहारी चलेको छ ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एकले राजीनामा दिनु पर्ने माग गरेको छ ।

बुधबारको बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विशेष समय लिएर बोल्दै सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग गरे ।

राजनीतिक दल सम्बन्धी ऐनमा पनि सभामुख र उपसभामुखले दल परित्याग गरेको नमानिने उल्लेख रहेको भन्दै उनले भने, ‘ऐन कानुन बमोजिम एउटै दलका सभामुख र उपसभामुख बन्न नपाईने कानुनी व्यवस्थाको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

तर, नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुख कुनै पनि दलसँग सम्बद्ध नरहेको दाबी गरे । बारम्बार यही प्रश्न उठाएको भन्दै उनले आपत्ति जनाए ।

सभामुख कृष्णबहादुर महरा तत्कालिन माओवादी केन्द्र र उपसभामुख शिवमाया तुम्बाहाम्फे एमालेबाट निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org