ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ
राजविराज, १ असार । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताए ।
दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ । हनुमाननगर नगरपालिकास्थित गिदखोरा निवासी मण्डलको शव ससुराली घरभन्दा करीब एक किलोमिटर टाढा फेला परेको थियो ।
पत्नी अञ्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाएर मण्डलको हत्या गरेको उनीहरुको आरोप छ । दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षीया अञ्जना मण्डल दीपेन्द्रकी कान्छी श्रीमती हुन् ।
जेठी श्रीमती रेशमी मण्डलसँग बस्ने गरेकाले अन्जनाको परिवारले योजनाबद्ध रुपमा हत्या गरेको मृतकका परिवारजनले आरोप लगाएका छन् ।
यसैबीच, पक्राउ परेका तिनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...