आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा
दमक, १ असार । झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।
भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।
पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न नसक्ने भएपछि उक्त नाका भएर आयात र निर्यात हुने कतिपय सामग्रीको राजश्व घट्दै गएको छ । भारतसँग सीमा जोडिएको सो छोटी भन्सारको स्तरोन्नति गर्नुपर्ने स्थानीयवासीको माग छ ।
गौरीगञ्जको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहेपनि वैरिया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन् । सो नाकाबाट ठूलो परिमाणमा भारतबाट सामान आयात हुँदै आएको छ । गौरीगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष मखना महतो गैद्दारले उक्त कार्यालयमा कर्मचारी राख्नुपर्ने माग गरे ।
उनले गौरीगञ्ज वैरिया क्षेत्रमा भन्सार घुम्ती टोली राख्नुपर्ने, रु ५० हजारसम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा पट्के पूर्जी काट्न इजाजत दिनुपर्नेलगायत माग गरेका छन् ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...