सोलुखुम्बुमा खाद्यान्न अभावसँगै चर्को मूल्य वृद्धि
सल्लेरी, सोलुखुम्बु, १ असार । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ ।
थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चामलको मूल्य वृद्धि भएर रु दुई हजार १०० पुगेको बताउनुभयो । मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् ।
दैनिक उपभोग्य बस्तु दाल, चिनी, चामल, नुन र तेलको मूल्य वृद्धि भएको छ । निर्माण सामग्रीको अभाव भएको छ । सोलु दूधकुण्ड नगरपालिका–५ की करिश्मा बस्नेत मूल्य वृद्धि हुँदा दैनिकी कष्टकर बनेको बताउनुहुन्छ । उनी भन्छन्, “हरेक सामानको मूल्यमा वृद्धि भयो, खान नसकिने अवस्था छ ।”
सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । सो क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले डिजेल र पेट्रोलको अभाव भएको छ । ग्यासमा प्रति सिलिण्डर रु १५० ले वृद्धि भएको व्यापारी दोर्जी शेर्पाले बताए।
उहाँले भन्नुभयो, “पुराना मौज्दात सामानको मूल्य वृद्धि भएको छैन तर भर्खरै ढुवानी भएको सामानको मूल्य ढुवानीका कारण बढेको छ ।”
उपभोक्ताले निर्माण सामग्रीको अत्याधिक माग गरेका छन् । सामग्री उपलब्ध गराउन नसकेको माँ देवी अटोग्रिल सेन्टरका प्रोपराइटर भोगेन्द्र खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “पुनः निर्माण्का चरणमा रहेकाले धमाधम घर निर्माण हुँदै छ, सामान छैन, बर्षा लागिसक्यो । उपभोक्तालाई सामान उपलब्ध गराउन सकेका छनौँ ।”
कटारीबाट सामान ढुवानी गर्न नसकिने भएपछि वैकल्पिक मार्गहुँदै सामान ल्याउन नपाएकोे व्यापारी बताउँछन् । शिद्धिचरण लोकमार्गको विकल्पका रुपमा रहेको वर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि १० टन माथिका मालबाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ढुवानी सेवा ठप्प भएको सोलुखुम्बु उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले बताए ।
शेर्पाले भने, “पुराना सामानको मूल्य बढेको छैन तर भर्खरै ढुवानी गरिएका सामानको मूल्य ह्वात्तै बढेको छ ।”
सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले सवारी साधन सञ्चालनका लागि व्यवसायीले बिपी राजमार्गको प्रयोग गर्न थालेका छन् । सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।
उहाँले भन्नुभयो, “ढुवानीको वैकल्पिक व्यवस्था नगरे दैनिकी कष्टर बन्छ ।”
जिल्लामा मौज्दात सामानले १५ दिन धान्न सक्ने उद्योग वाणिज्य संघले जनाएको छ ।
उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले भन्नुभयो, “हामीलाई नाकाबन्दीको आभाष भएको छ, पेट्रोलियम पदार्थ, निर्माण सामग्री लगायतको अभाव भएको छ ।”
सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यान्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएका छन् । ठाँटी क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम असार १५ सम्म सक्ने बताइएको छ ।
Comments
अरु समाचार
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...