विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजना
उर्लाबारी, मोरङ, ४ असार । प्रत्येक वर्ष बाढीले विस्थापित हुँदै आएका उर्लाबारी–१ मेचेडाँगीका स्थानीयवासी विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजनामा जुटेका छन् ।
वर्षात्को समयमा बक्राहा, सुनसरी र मिक्लु खोलाको कटान र डुबानबाट बच्नका लागि स्थानीयस्तरमा विपत् व्यवस्थापन पूर्व तयारी, उद्धार तालीम, पारिवारिक सुरक्षा योजना बनाउन थालिएको हो । गाउँघरमा सबैभन्दा बढी जोखिम रहेको बाढी र डुबान, त्यसपछिको समस्या सर्पको जोखिम, चट्याङ र हावाहुरी, आगलागी, खेतीयोग्य जमिनको कटान, खेतीमा हात्तीले पु¥याउने नोक्सान र त्यसबाट बच्ने विधिका बारेमा ज्ञान लिँदै प्रतिरोध र प्रतिरक्षा योजना बनाउने गरिएको हो ।
प्लान नेपाल इन्टरनेशनल र फरवार्ड नेपालले सञ्चालन गरेको परियोजनाले विपद् व्यवस्थापन, त्यसबाट आउन सक्ने जोखिम र त्यसबाट बच्न सकिने विषयमा स्थानीय समुदायलाई तालीम र सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेपछि कार्यक्रमको प्रभावकारिता बढ्दै गएको हो ।
सो परियोजनाअन्तर्गत स्थानीय समुदायलाई समूह–समूहमा प्रकोप के हो र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा तालीम, सचेतना कार्यक्रमदेखि विकास निर्माणका कामलाई समेत प्राथमिकता दिँदै आएको फरवार्डका कार्यक्रम संयोजक देवप्रकाश चौधरीले बताए ।
सो परियोजनाले उर्लाबारी–१ का विद्यालयमा समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उर्लाबारीको सारदा माविमा विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको उनले भने । परियोजनाअन्तर्गत सो गाउँमा रु ६० हजार बराबरको खोज तथा उद्धार सामग्री पनि हस्तान्तरण गरिएको छ । यस कार्यक्रमबाट विपत् जोखिम न्यूनीकरणका लागि आफूहरुलाई ज्ञान मिलेको स्थानीयवासी देवनारायण गौतमले बताए ।
परियोजनाकी सामाजिक परिचालक मनमाया तामाङका अनुसार परियोजनाले उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका तथा कटहरी गाउँपालिकाका विद्यालयमा अध्ययनरत छात्रछात्रालाई विपद् व्यवस्थापन र त्यसको न्यूनीकरणका विषयमा तालीम र सचेतना मुलुक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...